बागलुङ । बागलुङ नगरपालिका–३ का वडाध्यक्ष लक्ष्मण केसी सनी काममा फर्कनुभएको छ ।जेनजी आन्दोलनमा सर्मथन जनाउदै सामाजिक सञ्जालबाट राजिनामा दिनुभएको थियो । उहाँले आधिकारिक रुपमा राजीनामा स्विकृत नभएको र जनताले काममा फर्कन आग्रह गरेकाले पुनः कामकाजमा फर्किएको वडा अध्यक्ष केसीले बताउनुभयो ।
केसीले जेनजी आन्दोलनमा सरकारले दमन गरी युवाहरुको हत्या गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोशमा राजीनामा दिएको घोषणा गर्नुभएको थियो । केसी जेनजीको माग पुरा भएकाले आफू वडा कार्यालयमा फर्केको बताउनुभयो ।
आन्दोेलनको क्रममा भदौ २४ गते समर्थन गर्दै वडाध्यक्ष र नेपाली कांग्रेस बागलुङको जिम्मेवारीबाट अलग भएको भिडियो सन्देश सामाजिक सन्जालमा राख्नुभएको थियो ।
आन्दोलन सफल भएको र नयाँ सरकार गठन भएकाले जनताको मतबाट निर्वाचित भएकोले काममा फर्केको बताउनुभयो ।
सामाजिक सञ्जालबाट हतारमा राजीनामा दिइसकेको घोषणा गरेका केसीले लिखित रूपमा नगरपालिकामा राजीनामा नबुझाएको भएपनि उहाँको राजनैतिक नैतिकतामाथि भने प्रश्न उठेको छ ।













































































































































































































