बागलुङ । घर–घरमा बाँदरले आतंक मच्चाएको छ । खेतबारीमा लगाएको तरकारी अन्नबाली राम्रोसँग पाकेर भित्राउन पनि पाईदैन घरभित्रै पसेर आतंक मच्चाएको छ यो आतंक रोक्ने उपाय खोजिदिनुप¥यो कसले रोकिदिने हो ?
मंगलबार बागलुङ नगरपालिका कार्यालयले १४ नारायणस्थानमा आयोज बलेवा क्षेत्रमा मात्र हैन बागलुङ नगरपालिकाका अन्य क्षेत्रमा पनि बाँदरको आतंकले नागरिकहरु हैरानी खेप्नु परेको छ । यसमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जवाफ दिँदै भने किसानका हरेक समस्या हामी बुझ्दछौँ ।
बाँदर आतंक रोक्नका लागि विभिन्न स्थानमा हरेक प्रयास भएका छन तर कुनै पनि सफल भएका छैनन । बाँदर नियन्त्रणको प्रयासमा स्थानीय सरकार सधै साथमा छ वर्तमान अवस्थामा भने कुनै उपाए छैन । बरु अन्न बालीको ठाउँमा बाँदरले नखाने अन्य कुनै प्रकारको खेती गर्ने उपाय खोज्ने होकी त्यसमा सबैले सोचौ कुनै उपाय भएमा नगरपालिकाले नियन्त्रणका निम्ति प्रयास गर्ने छ ।
नेपाल पत्रकार महासंघ बागलुङले सहजिकरण गरेको कार्यक्रममा सुवेदी सहित नारायणस्थानका १७ जना नागरिकले विभिन्न प्रश्नहरु राखेका थिए । स्थानिय कमल कुमार जिसीले नियमित बजेट र सार्वजनिक सम्पत्ती संरक्षणका साथै बोटविरुवाकै कारण बाँदरको आतंक बढेको हुँदा खेतीपातीमा समेत समस्या भएको बताए ।
उनले सडक बत्ती गाउँमा पनि राख्नुपर्नेमा नगरपालिकालाई सुझाव दिए । त्यसैगरी स्थानीय लक्ष्मीनारायण श्रेष्ठले करिडोरको आसपासमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्ने र वडा तहमा कृषि प्राविधिको व्यवस्थापन गर्नुपर्ने माग राखे । स्थानिय महानन्द पौडेलले यहाकै स्थानिले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै अतिक्रमण भएको जग्गा फिर्ता गराउन स्थानीय सरकारले जोड दिन आग्रह गरे भने पूर्व जनप्रतिनिधि समेत रहेका नारायण श्रेष्ठले सार्वजनिक जग्गा र बाटो नै अतिक्रमण भएको प्रति गुनासो गरे ।
स्थानीय भिम बहादुर बोहोराले सडक बनेपनि नाली व्यवस्थापन नभएको प्रति गुनासो गरे भने गणेश माविमा अध्ययनरत विद्यार्थी शिव लामिछानेले बालमैत्री घोषणा गर्दा लागुपदार्थ र सुत्तिजन्य पदार्थ किन्नका निम्ति अभिभावक पठाउने गरेको हुँदा यस्तो गर्नेलाई कानुनी कारबाही के हुन्छ भन्नै प्रश्न गरे ।
कार्यक्रममा स्थानीय गणेश विक, बालमुकुन्द ढकाल, मेघनाथ पौडेल, बेदनिधी सुवेदी, मघु सुवेदी हरिबहादुर खड्का, दुर्गाबहादुर खत्री खेमकान्त पौडेल झलककुमार श्रेष्ठ लगायतले बलेवा विमानस्थल संचालन कालिगण्डकी करिडोर खण्डको काम अलपत्र परको र स्थानीय सडक सुधारका साथै नगरपालिकाको सेवा प्रवाह सम्बन्धी केही प्रश्न र सुझाव राखेका थिए , ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले बलेवा विमानस्थल सर्वप्रथम बागलुङ विमानस्थलको रुपमा परिणत गराउनुपर्ने बताए । उनले विमानस्थल संचालनका निम्ति पहिले सडक राम्रो हुनुपर्ने भन्दै सडक निर्माणाधिन अवस्थामा रहेको र यदी सडक बनेपनि विमान कम्पनीहरु तयार भएमा नियमित उडान भर्न सकिने बताए । उनले यदी विमानस्थल नियमित संचालन हुन नसकेमा यहाँ हवाई सम्बन्धी तालिम केन्द्रको रुपमा विकास गर्नका लागि जोड गरिने बताए ।
त्यसैगरी अतिक्रमण भएका सार्वजनिक जग्गाम नयाँ नापि ल्याएर अतिक्रमण भएका जग्गा फिर्ता ल्याउनका लागि प्रयास थालिने प्रतिवद्धता व्यक्त गरे । उनले नारायणस्थान लगायत बलेवा क्षेत्रमा धेरै सम्भावना रहेका कारण हरेक काम प्राथमिकताका आधारमा तय गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपप्रमख राजु खड्काले बलेवा क्षेत्रका नागरिकले उठाएका प्रश्न र सुझावलाई मनन गर्दै आगामी दिनमा नगरपालिकाले कार्ययोजना बनाउने बताए ।
नागरिकहरुका जवाफ दिँदै वडा अध्यक्ष चक्रबहादुर खत्रीले वडा कार्यालयबाट नागरिकलाई प्रदान गर्ने सेवामा कुनै कसुर बाँकी नराख्ने बताए । उनले वडा तहबाट सम्पादन हुने काममा आफूले सहजता अपनाएका बताए । खत्रीले वडा कार्यालयमा भएको आगलागी प्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीको दायारामा ल्याउनका लागि सवैको सहयोगको पनि अपेक्षा व्यक्त गरे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले चालु वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यालयमा हालसम्म चालु तर्फ २० करोड ६१ लाख ४१ हजार ८८१ रुपैयाँ र पुँजीगत तर्फ तिन करोड बत्तिस लाख १७ हजार ४८७ रुपैयाँ खर्च भएको जानकारी दिए ।
नगरपालिकामा चालु आवको लागि वडा स्तरमा ४३५ नगरस्तरीय ३५९ संघिय सरकारबाट १३३ र प्रदेश सरकारबाट ३ वटा योजना तथा कार्यक्रम रहेका छन । जसमा हाल सम्म जम्मा २५ वटा योजना सम्झौता भएका छन भने ३ वटा सम्पन्न भएको प्रशासकिय अधिकृत शर्माले बताए ।
नगरपालिकामा सामाजिक सुरक्षा तर्फ ७ हजार ५०१ जना लाभग्राही रहेका छन भने ७ करोड १९ लाख ९९ हजार ४४ रुपैयाँ पहिलो चौमासिकमा भत्ताको रुपमा वितरण गरिएको छ ।
नगरपालिकामा नगरकी छोरी कार्यक्रममा हालसम्म ३६ जना आवद्ध भएका छन भने बैदेशिक रोजगारीमा जाने २४ जनाका लागि श्रम स्वीकृती प्रदान सहजिकरण गरिएको छ । नगरपालिकाबाट १३ जनालाई अपाङ्ता परिचय पत्र वितरण गरिएको छ भने न्यायिक समितिमा १३ वटा मुद्धा दर्ता भएका छन जसमा ४ वटा फछ्यौट गरिएको छ ।
नगरप्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत ९ लाख २८ हजार ९३७ रुपैयाँ साँवा व्याज अजुल गरिएको छ । नगरपालिकाले यस वर्षदेखि दिवा खाजाको रकम १५ रुपैयाँबाट ५ रुपैयाँ बृद्धि गरी २० रुपैयाँ पु¥याएको प्रशासकिय अधिकृत शर्माले जानकारी दिए । नगरक्षेत्रमा १९८ गाई तथा भैसीको कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ ।
त्यस्तै आप्रवासी श्रोत केन्द्र सहायता कक्षा मार्फत कुल २ हजार ७७४ व्यक्तिलाई सूचना तथा परामर्श उपलब्ध गराईएनुका साथै ३५ जना व्यक्तिलाई सुरक्षित स्वदेश फिर्ताको वातावरण मिलाइएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार महासंघका सचिव नारायण रिजालले गरेका थिए भने महासंघका उपाध्यक्ष सिर्जना पन्तले कार्यक्रममा समग्र टिप्पणी गरेकी थिईन ।
महासंघका सदस्य संगम घर्ति मगरले नागरिक सन्तुष्टी सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको आचरसंहिताको बारेमा महासंघका सदस्य अर्जुन कार्कीले प्रष्ट पारेका थिए ।
पिपुल्सखबरबाट













































































































































































































