३ श्रावण २०८३, आईतवार

 

विश्व महिला सम्मेलनको दोश्रो सैद्धान्तिक गोष्ठी काठमाडौंमा सुरु

बागलुङ । विश्व महिला सम्मेलनको दोश्रो सैद्धान्तिक गोष्ठी बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । यस गोष्ठीमा चार वटा महादेश र २० वटा देशका तीन सय अठार जना महिला नेतृहरुको सहभागिता रहेको छ ।

यस कार्यक्रममा महिला अधिकार, हिंसा, शान्ती,पर्यावरण, फासिवाद , पुजीवादका विषयदेखि विश्व साम्राज्यवादले अन्य देशहरुमा गरेको हस्तक्षेप र आक्रमणको विरोध गर्दै एक्यवद्धताको विषयमा विचार विमर्श र गहन छलफल भएको छ ।

साथै महिला मुक्तिको विषयमा सबै राष्ट्रका संघर्षका अनुभव, अभ्यासलाई अध्ययन गरेर उत्पीडन, शोषण र प्रतिरोधको संश्लेषण गरेर साझा अवधारणा निर्माण गरेको छ ।

यस गोष्ठीमा नेपालबाट अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी , क्रान्तिकारी महिला संघ, वैज्ञानिक समाजवादी महिला संघ र जनता समाजवादी महिला संघको सहभागिता रहेको अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष अधिवक्ता लक्ष्मी बाँस्कोटाले नयाँविश्वलाई बताइन् ।

यो गोष्ठी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो विश्व महिला सम्मेलनको दोश्रो सैद्धान्तिक गोष्ठी भारतको बेगलोरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung