२० भाद्र २०८३, शनिबार

 

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

बागलुङ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung