३ श्रावण २०८३, आईतवार

 

विद्यामन्दिर पुस्तकालयको स्थापना दिवसमा विद्यार्थीको निःशुल्क दन्त परीक्षण

बागलुङ । विद्यामन्दिर पुस्तकालयले ७९औँ स्थापना दिवशको उपलक्ष्यमा विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ ।

अशोक डेन्टलसँगको सहकार्यमा पुस्तकालयका बालविकासमा अध्ययरत विद्यार्थीहरुलाई दन्त परीक्षण गरिएको हो । विहिबार २५ जना भन्दा बढीले आफ्नो दाँत र गिजाको स्वास्थ्य परीक्षण गराएका छन् ।

कार्यक्रममा डा. कल्पना लिम्बु र सिनियर डेन्टल हाइजिनेस अशोक श्रेष्ठले दन्त परीक्षण गर्नुका साथै परामर्श र ब्रस पनि वितरण गरिएको थियो ।विद्यार्थीहरुको अशोक डेन्टलले निःशुल्क दन्त उपचार गर्ने भएको छ ।

कार्यक्रममा विद्यामन्दिर पुस्तकालय अध्यक्ष रामचन्द्र शर्मा, पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, डा. कल्पना लिम्बु र सिनियर डेन्टल हाइजिनेस अशोक श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन विद्यामन्दिर पुस्तकालयका पुस्तकाध्यक्ष गणेश सापकोटाले गर्नु भएको थियो ।

बालविकास शिक्षक उमा सुवेदी र सहयोगी सिता कार्कीको उपस्थिति रहेको थियो ।

पुस्तकालयले स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाई रहेको छ । मूल समारोह शुक्रबार दिउँसो १ बजे रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung