३ श्रावण २०८३, आईतवार

 

माँ भद्रकाली सम्मानबाट सावित्री दिदी र मनमाया श्रेष्ठ सम्मानित

बागलुङ । माँ भद्रकाली सम्मान – २०८३ बाट ओमशान्तीकी ब्रहकुमारी सावित्री दिदी र सत्य साई केन्द्रकी पूर्वअध्यक्ष मनमाया श्रेष्ठ सम्मानित हुनु भएको छ ।

आइतबार बागलुङ बजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि योगनाथ कँडेल, अध्यक्ष डा। कृष्ण बहादुर श्रेष्ठ र संरक्षकहरु अध्यक्ष डा. कृष्ण बहादुर श्रेष्ठले दिदी र श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मानित गर्नु भएको थियो । कार्यक्रममा हरिमाया श्रेष्ठ, पार्वती श्रेष्ठ र योगनाथ कँडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

सम्मानित व्यक्तित्वको परिचय संरक्षक तारा प्रसाद श्रेष्ठले दिनु भएको थियो ।

कार्यक्रममा राधा माधव समितिको अध्यक्ष भिमसेन कुमार श्रेष्ठ, मानवसेवा आश्रम बागलुङका अभिभावक निर्मल बहादुर श्रेष्ठ, साहित्यकार प्रेम छोटा र संरक्षक सुन्दरी श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

माता पिता र गुरुको स्मृतिमा गायक तारा प्रसाद श्रेष्ठले गीत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम माँ भद्रकाली सेवा समूहको अध्यक्ष डा. कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीको स्वागत र सत्य साई केन्द्रका अध्यक्ष विजयश्याम राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

नारिहरुमा अन्तरनिहित सिप, ज्ञान, प्रतिभाको कदर गर्नु, उनीहरुलाई सम्मान गर्नुका साथै उनीहरुको व्यक्तित्वको प्रचार प्रसार गर्ने उद्देश्यले माँ भद्रकाली सेवा समूहको २०७८ माघ २१ गते स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung