बागलुङ । नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
आइतबार काठमाडौको बालाजी बैङक्वेटमामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सिताराम दाहाल, वाणिज्य उपाध्यक्षमा विमला दाहाल, उद्योग उपाध्यक्षमा भरत प्रसाद न्यौपाने, खुल्ला उपाध्यक्षमा नरहरि घिमिरे, महिला उपाध्यक्षमा दयालक्ष्मी महर्जन, महासचिवमा रविन सिलवाल, उपमहासचिवमा राम शरण पौडेल, सचिवहरुमा दिपक कुमार कँडेल, मार्कण्डे प्रसाद गौतम, शाक्ष्य प्रसाद पाण्डे, कोषाध्यक्षमा सागर गिरी , सहकोषाध्यक्षमा शान्ती केसी, महिला सदस्यहरुमा वेलमती रोकाय, विष्णु श्रेष्ठ, खुल्ला सदस्य रञ्जना श्रेष्ठलाई चयन गरेको छ।
साथै सदस्यहरुमा दावा छोदेन तमाङग, नेत्र प्रसाद लामिछाने, गोमा कुमारी लामा, अनिष बजगाई, विवेक दाहाल, अस्मिता तिमिल्सिना, हरि ओझा, लाल सिंह लामा, सरोज कुमार राई, गोपाल कुमार श्रेष्ठ, विजय रिजाल, कृष्ण बनेपाली, सूर्यबहादुर उपखोटी, उपेन्द्र कलुवार, परशुराम, पवित्रा गिरी, लक्ष्मण बन्जारा र रामचन्द्र थापा रहेका छन् ।
साधारणसभालाई नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारी, वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल, एशोसियट उपाध्यक्ष यज्ञ प्रसाद पन्त, महासचिव खिम नारायण पराजुली, उपमहासचिव गिता पनेरु, सहसंयोजक यामबहादुर श्रेष्ठ, होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका बागमती प्रदेश अध्यक्ष दिलबहादुर महर्जनको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तेलबहादुर कुमालको स्वागत र महासचिव सन्तोष पौडेलको संचालनमा सम्पन्न भएको थियो ।















































































































































































































