३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ सिटिजनको अध्यक्षमा प्रिया किसान

बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटिजनको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा प्रिया किसान सर्वसम्मत चयन भएकी छिन् ।

सोमबार किसानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा शोभा कुमारी कार्की, सचिवमा शावित्रि शर्मा आचार्य र कोषाध्यक्षमा उमा चालिसे चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङ सिटिजनकी अध्यक्ष कमला देवी शर्मा चापागाई, जिएलटि डिष्ट्रिक कोडिनेटर नारायण आचार्य, जिएसटि सविता ज्ञवाली र जोन चियर पर्सन दुर्गा श्रीसले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटिजनकी अध्यक्ष कमला देवी शर्मा चापागाईको अध्यक्षता र सचिव सम्झना कार्की आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ बागलुङ सिटिजन सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung