बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले बागलुङ नगरपालिका-९ तित्याङस्थित सिगाना माध्यामिक विद्यालयलाई ल्यापटप र प्रोजेक्टर सहयोग गरेको छ ।
बुधबार लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीले उक्त सामान विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।
उक्त सामान अमेरिकाको सामाजिक संस्था इएकआइले उपलब्ध गराएको हो ।
कार्यक्रममा सिगाना माविका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु अनन्त खड्का, रामबहादुर खड्का, विद्यालयका सहायक प्रधानाध्यापक ईन्द्रा खड्का, रिजन चियर पर्सन जुनु श्रेष्ठ र डिष्ट्रिक कोडिनेटर कविता बस्नेतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष गिता श्रेष्ठको स्वागत र सचिव चाँदनी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले स्थापना कालदेखि सामाजिक, शैक्षिक, स्वास्थ्य, मानविय र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

















































































































































































































