बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटीको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा रिता खड्का सर्वसम्मत चयन भएकी छिन् ।
बुधबार खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा सन्ध्या राजभण्डारी, द्धितीय उपाध्यक्ष जमुना श्रीस, तृतीय उपाध्यक्ष करुणा खड्का, सचिवमा लक्ष्मी लामिछाने र कोषाध्यक्षमा सम्झना खड्का खत्री चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई सिनियर एडभाइजर पार्वती अधिकारी, डिष्ट्रिक कोडिनेटर कविता बस्नेत, जोन चियर पर्सन दुर्गा श्रीस, पिआरओ लक्ष्मी श्रेष्ठ, एओजि धना सुनारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम निर्वाचन समितिका अध्यक्ष कविता बस्नेतको अध्यक्षता र सचिव जमुना श्रीसको संचालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ सिटी सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।













































































































































































































