३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्षमा सिता राजभण्डारी, सचिवमा सविता श्रेष्ठ

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा सिता राजभण्डारी सर्वसम्मत चयन भएका छन् ।शुक्रबार राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा गिता राजभण्डारी श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सृजना राजभण्डारी श्रेष्ठ , तृतीय उपाध्यक्षमा चाँदनी श्रेष्ठ, सचिवमा सविता श्रेष्ठ र कोषाध्यक्ष सरिता राजभण्डारीमा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ प्रकृति राजभण्डारी, संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन जुनु श्रेष्ठ, डिष्ट्रिक कोडिनेटर कविता बस्नेत, जोन चियर पर्सन दुर्गा श्रीस, निर्वाचन समितिका संयोजक सुनीता श्रेष्ठ, पूर्वअध्यक्ष रन्जिता श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीको अध्यक्षता प्रथम उपाध्यक्ष सिता राजभण्डारीको स्वागत र सचिव चाँदनी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिता राजभण्डारीले प्रतिवद्धता मन्तव्य व्यक्त गरेको थियो ।

निर्वाचन समितिका संयोजक सुनीता श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्नु भएको थियो ।

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung