३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ आवाजको अध्यक्षमा शावित्री केसी, सचिवमा विजया कार्की

बागलुङ । लायन्स क्लब अफ बागलुङ आवाजको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा शावित्री केसी सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा शान्ता अधिकारी, द्धितीय उपाध्यक्षमा शुभद्रा अधिकारी, तृतीय उपाध्यक्षमा देवी किसान, सचिवमा विजया कार्की र कोषाध्यक्षमा लक्ष्मी गैरे चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङ आवाजका अध्यक्ष राधा कुमारी शर्मा, संस्थापक अध्यक्ष लिला देवी खड्का, डिपार्टमेन्ट चिफ नारायण आचार्य, डिष्टिङ एडमिनिष्टर काजिमान गुरुङ, जोन चियर पर्सन ओम प्रकाश गौतम, आइपिपि पम्फा किसानले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ आवाजकी अध्यक्ष राधा कुमारी शर्माको अध्यक्षता र सचिव सुभद्रा आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ बागलुङ आवाज सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung