२३ जेष्ठ २०८३, शनिबार

 

महिला नेतृत्व विकासका लागि फलेवास नगरपालिकाको उद्घोषण तालिम

पर्वत । फलेवास नगरपालिकाको महिला शाखाको आयोजनामा महिला लक्षित तीन दिने उद्घोषण तालिम सुरु भएको छ। महिलाको नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक बोल्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा नगरपालिकाका ११ वटै वडाबाट ५० जना महिलाको सहभागिता रहेको थियो।

तालिम उद्घाटन कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, कार्यपालिका सदस्य नेत्र कुमार विक तथा वडा नं ५ का वडा अध्यक्ष नारायण लामिछानेले मन्तव्य व्यक्त गर्दै महिलाको क्षमता विकास र नेतृत्व प्रवर्द्धनका लागि यस्ता तालिम प्रभावकारी हुने बताएका थिए।

तालिममा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता प्रदिप पन्त तथा धौलागिरि मिडियाका प्रधान सम्पादक विष्णु गौतमले उद्घोषण कला, भाषण कला, प्रभावकारी बोल्ने सीप, यसको महत्व तथा आवश्यकता सम्बन्धी प्रशिक्षण दिएका थिए।

प्रशिक्षकहरूले उद्घोषण तथा सञ्चार सीपले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा लैङ्गिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नुका साथै महिलाको नेतृत्व विकास र सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा सहजीकरण गरेका थिए।

फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरपालिकाको न्यायिक समितिका सहजकर्ता जगतबहादुर कुँवर ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung