१४ बैशाख २०८१, शुक्रबार

 

विहुँमा होमस्टेको उद्घाटन, नेचर र कल्चरको प्रर्वद्धनमा जोड दिन पर्यटन मन्त्रीको आग्रह

बागलुङ – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले देशको ‘नेचर र कल्चर’ लाई प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् । प्रकृतिले भरीपुर्ण रहेको नेपालमा कला र संकृति समेत कयौं रहेकाले तिनको प्रयोग गरेर आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्ने मन्त्रि लम्सालको बताए ।

बागलुङ काठेखोला गाउँपालिका ५ बिहुँमा शनिवारदेखि सञ्चालनमा आएको शिवधुरी सामुदायी घरबास (होमस्टे) को उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

आर्थिक बर्षको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमीकतामा राखेर ३ सय घरबास सञ्चालनमा ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार रहेको उनले बताए । त्यसका लागि आफूहरुले ३० करोड बजेट विनियोजन भएको बताएका छन् । उनले भने, प्रत्येक घरबासको व्यवस्थापनका लागि दश लाख रुपैयाँ नघट्नेगरी अनुदान उपलव्ध गराइनेछ ।

मन्त्रि लम्सालले बागलुङलाई धार्मिक पर्यटनको हवका रुपमा बिकास गर्नुपर्नेमा जोड दिएका छन् । उनले बागलुङमा प्रसस्त धार्मिक पर्यटकीय क्षेत्रहरु रहेको बताउँदै धार्मिक पर्यटन हब बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सन् २०२२ सम्म लक्ष्य अनुरुप २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्रिनेमा कुनै संखा नरहेको मन्त्रि लम्सालले दाबी समेत गरेका छन् ।
विहुँमा स्थानीय ११ घरपरिवारको लगानीमा होम स्टे संचालनमा आएको हो । होम स्टेमा ७० जनाको क्षमता रहेकोे शिवधुरी सामुदायिक होम स्टेका सचिव प्रेमबहादुर पुनले जानकारी दिए ।

होम स्टे बिहुँको काउले, मिलनचोक, सापकोटा चोक र ठामडाडाको घरमा संचालन गरिएको छ । होम स्टेलाई व्यवस्थित गर्नको लागि गाउँपर्यटन प्रबद्र्धन मञ्चले एक दिने घरबास अभिमुखीकरण तालिम प्रदान गरेको थियो ।

त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे, मानापाथी, नन्दभाउजुु लगायतका दुुई दर्जन बढी हिमश्रृखला देखिनुका साथै त्रिपुरेश्वर महादेव मन्दिर (शिव मन्दिर) लगायतका धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ । होम स्टेमा लोक कुखुुरा, फापर, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास लगायतका उत्पादन खानाको रुपमा प्रयोग हुने सचिव पुनले बताए ।

कार्यक्रम गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, बागलुुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, पर्यटन मन्त्रालयका पूर्वसचिव सुरेशमान श्रेष्ठ, गाउँ पर्यटन प्रबद्र्धन मञ्चका पूर्वसल्लाहकार प्रा.डा प्रेम शर्मा, गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रप्रसाद पौडेल, पूर्वध्यक्ष चित्र गुरुङ, काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिवप्रसाद कँडेल, टेकिङ एजेन्सी (टान) का केन्द्रीय सदस्य राजनप्रसाद काप्रि लगायतले बोलेका थिए ।

होम स्टे संचालनको विधि र प्रक्रियाको बारेमा गाउँ पर्यटन प्रवद्र्धन नेपालका अध्यक्ष केन्द्रीय अध्यक्ष धुर्व सिंखडाले जानकारी दिएका थिए । कार्यक्रममा शिवधुरी सामुदायिक होम स्टेका अध्यक्ष प्रेमबहादुर श्रीसको स्वागत र मञ्चका प्रथम उपाध्यक्ष दीपक दाहल संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्