१४ बैशाख २०८१, शुक्रबार

 

शिवरात्रीका अबसरमा पशुपतिनाथ मन्दिरमा बिभिन्न भेषमा देखिएका बाबाहरु

काठमाडौं–पशुपतिनाथ मन्दिरमा बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि बिहानै तीन बजेदेखि लाम बसेर पुजा गर्ने दर्शनार्थीहरुले पुजा अर्चना गर्ने क्रम जारी छ । पशुपति बिकास कोषले यसबर्ष करिब १० लाख भक्तजनले पुजा अर्चना गर्नेगरी ब्यवस्था मिलाएको जानकारी गराएको छ ।विगत बर्षहरुमा करिब ५ लाख सम्म दर्शनार्थीले शिवरात्रीका दिन दर्शन गरेको भएप्नि यस बर्ष ब्यवस्थापनमा सुधार गरेकोले दर्शनार्थीको संख्यामा बृद्धि हुने कोषको दाबी छ ।

दर्शनार्थीका अतिरिक्त पशुपति मन्दिर क्षेत्र परिसरमा नागाबाबा देखि जोगी जलन्धर सन्त, महन्तको बाक्लो उपस्थिती छ । कोषका अनुसार करिब ४ हजार बाबा उपस्थित छन् । उनीहरुलाई खाने,बस्ने र धुनी जगाउने काठको ब्यवस्था कोषले नै मिलाईदिएको छ ।

उनीहरुलाई कोषको नियमानुसार कोषले बुधबार दानदक्षिणा सहित बिदाई गर्ने जानकारी गराएको छ । पशुपतिनाथ मन्दिरमा बिभिन्न आसनमा देखिएका बाबाहरुलाई हेर्न र उनीहरुबाट आर्शिवाद लिन भक्तहरु उनीहरु समक्ष पुग्ने गरेका छन् । शिवजीको प्रसाद मानेर बाबाहरुले बिभिन्न भेष धारण गर्दै गाजा,भाङ, धतुरो जस्ता नशालु चीज सेवन गरेको दृश्य पशुपति पुग्नेहरुका लागि आफैमा रोमाञ्चक छन् । पशुपति परिसरमा बिभिन्न भेषधारी बाबाहरुका मुहारचित्र क्यामरामा कैद गरिएका छन् ।

तस्बीर : आरके अदिप्त गिरी

प्रतिक्रिया दिनुहोस्