१४ बैशाख २०८१, शुक्रबार

 

राजीव गान्धी हत्याका अभियुक्तलाइ कैद मिनाह गर्ने

भारत । भारतमा निर्वाचन केन्द्रित प्रतिवद्धता गर्ने क्रम शुरु भएको छ । दक्षिण भारतमा अवस्थित क्षेत्रिय पार्टी द्रविड मुनेत्र कडगम (डिएमके) ले मंगलबार आफ्नो पार्टीको घोषणा पत्र जारी गरेको छ । ठुला पार्टी भाजपा र कांग्रेसले घोषण पत्र जारी गर्ने तयारी गरिरहेका बेला डिएमकेले आफ्नो घोषणा पत्र जारी गरेको छ ।

चेन्नइमा घोषणा पत्र जारी गर्ने क्रममा राजीव गान्धी हत्याकाण्डका अभियुक्तलाइ कैद मिनाह गर्ने सम्मको प्रतिवद्धता घोषणा पत्रमा गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।सन् १९९१ मा तमिलनाडुको एक चुनावी सभा सम्बोधन गर्नै क्रममा बम आक्रमणद्धारा गान्धीको हत्या भएको थियो । हत्याका मुख्य अभियुक्तलाई फासीको सजाय भएपनि संलग्न दोषी करार मध्येका केही अभियुक्त अहिले पनि आजन्म जेल सजाय भुक्तान गरिरहेका छन् । उक्त घटनाको योजनाकार श्रीलंकाको तत्कालिन पृथकतावादी संगठन लिट्टे रहेको दाबी गरिदै आएको छ ।

तामिलनाडुबाट डिएमके एक्लै निर्वाचनमा होमिएको छ । २० निर्वाचनमा उसले उम्मेद्धवार उठाएको छ । तामिलनाडुको राजनीतिमा डिएमके वर्तमान प्रमुख प्रतिपक्षी भुमिका निर्वाह गर्ने पार्टी हो । तमिलनाडुमा एमडिएमके र डिएमके बीच मुख्य प्रतिष्पर्धा रहेको छ । पार्टीले हत्यामा अभियुक्तलाई उन्मुक्ति दिनेदेखि गतबर्ष प्रम नरेन्द्र मोदीले नोटबंदीबाट पिडित परिवारका लागि क्षतिपूर्ति गर्नेसम्मको प्रतिवद्धता सहित घोषणा पत्र जारी गरेको छ । त्यसैगरी पुडुंचेरीलाई छुट्टै स्वतन्त्र राज्यको दर्जा दिलाउन माग गर्ने जनाएको छ । पुडुंचेरी भारतीय भुमीमा रहेको फ्रेन्च क्लोनी हो । पुडुंचेरी र तामिलनाडुमा १८ अप्रिलमा निर्वाचन हुँदैछ ।

विश्लेषकका अनुसार भारतमा निर्वाचनमा यस्ता छद्म नारालाई जर्वर्जस्ती स्थापित गराइन्छ । एक अनुसन्धानका अनुसार भारतमा निर्वाचन जित्नेहरु मध्ये कुनै न कुनै अभियोगमा जेल परेका र फौजदारी घटनामा न्यायलयमा अभियुक्त रहेका परिवार र परिवारका सदस्य रहने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्