१४ बैशाख २०८१, शुक्रबार

 

कोरियन भाषा परीक्षाको आवेदन यसरी भर्नुहोस् ( भिडियोसहित)

- पैसा तिर्न बैंकमै जानुनपर्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली )ईपीएस) सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सुरुआतका दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ ।

यसवर्षबाट आईएमई–पे र ई–सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ । आवेदन खुलेका पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध गरेको छ ।

भोलिदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

बैंकमा  यसरी भर्नुहाेस्

 

फारम यसरी भर्नुहाेस्ः भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्