१४ बैशाख २०८१, शुक्रबार

 

शाक्यद्धारा लिखित मेरो स्मृतीको डायरीबाट पुस्तक सार्वजनिक

काठमाण्डौ । श्रवणलाल शाक्यद्धारा लिखित मेरो स्मृतीको डायरीबाट पुस्तकको विमोचन पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले एक समारोह विच विमोचन गर्नु भएको छ ।जब मैले सुने यो पुस्तक आउँदै छ म आतुर थिए यो पुस्तक पढ्न ।पुस्तकमा आम मान्छेको भोगाई र देशको चिन्तन रहेको छ प्रमुख अथिति श्रेष्ठले बताउँनु भयो ।

पूर्व शिक्षक ,सामाजिक कार्यकता र व्यवसायी जिवन बिताउँनु भएको श्रेष्ठले आफनो पुस्तकमा धर्म ,नैतिकता,प्रेमदेखि धनको सम्म चर्चा गर्नु भएको श्रेष्ठले बताउँनु भयो ।विमोचन कार्यक्रममा धौलागिरि वचत तथा ऋण सहकारीको अध्यक्ष राधेश्याम कमारो ,बागलुड समाज कल्याण केन्द्र महिला समूहको पूर्व अध्यक्ष चमेली शाक्य , एनआरएनको सल्लाहकार सुरेन्द्र श्रेष्ठ,नागरिक संचार प्रालिको अध्यक्ष पुष्पमान श्रेष्ठ,निर्मल कुमार थापा ,बागलुड समाज कल्याण केन्द्र काठमाण्डौको अध्यक्ष विराट कुमार श्रेष्ठले पुस्तकमाथि चर्चा गर्नु भएको थियो ।

कार्यक्रमको बागलुड शाक्य खलको अध्यक्ष युक्त शाक्यको अध्यक्षता ,बागलुड समाज कल्याण केन्द्र काठमाण्डौको पूर्व अध्यक्ष सुमन शाक्यको स्वागत र संचालन कविन्द्र मान शाक्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्