१४ बैशाख २०८१, शुक्रबार

 

नयाँ वर्ष : चन्द्रागिरिमा पर्यटकको चहल पहल

काठमाडौं । नयाँ वर्षका अवसरमा चन्द्रागिरिमा पर्यटकको चहल पहल बढेको छ । नयाँ वर्षमा परिवारसगैँ घुम्ने चलन बढेपछि चन्दागिरिमा आन्तरिक पर्यटनको बाक्लो उपस्थिति रहेकाे चन्द्रागिरि हिल्स प्रालिका वरिष्ठ कार्यकारी व्यवस्थापक सुधिर भण्डारीले नयाँ विश्वलाई बताउनु भयाे ।

नयाँ वर्षको दिन आज दिउँसो १ बजेसम्म सात हजार पर्यटकले भ्रमण गरिसकेको कार्यकारी व्यवस्थापक भण्डारीले बताउँनु भयो। चन्दागिरि भ्रमणका लागि विदेशी पर्यटकको पनि उल्लेख्य उपस्थिति रहेको छ।

चन्द्रागिरि हिल्समा रेष्टुरेन्ट ,रिसाेर्ट ,फनपार्ककाे सुविधा रहेकाे छ भने भालेश्वर महादेवमा दर्शन गर्न आउनेकाे उल्लेख्य संख्या रहेकाे छ । विदा मनाउन ,जन्म दिन मनाउन ,वैवाहिक वर्षगाठ मनाउन चन्द्रागिरिमा आउने चलन बढेको छ ।

चन्द्रागिरि हिल्स प्रालि द्वारा निर्माणधिन रिसोर्टको ४५ वटा कोठाहरु संचालनमा आई सेवा दिन शुरु गरेको छ।

यसलाई गन्तव्य स्थलकाे रूपमा विकास गर्न चन्द्रागिरि हिल्स प्रालिले विभिन्न याेजना बनाउदै छ । देशकाे विभिन्न ठाउँबाट चन्द्रागिरिमा केवल कार चढ्ने संख्यामा व्यापक रूपमा वृद्धि भएकाे कार्यकारी व्यवस्थापक भण्डारीले बताउनु भयाे ।

 

प्रतिक्रिया दिनुहोस्