२ जेष्ठ २०८१, बुधबार

 

बागलुङ सिगानाकाे भिडियाे बिमाेचन ।

बागलुङ- IMG_1741 जिल्लाकोे सिगानाका गाएक हेमन्त खड्काको लय तथा शब्दमा रहेको बागलुङ सिगाना नामक एल्बम आज एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।

प्रेस युनियन बागलुङको संयोजनमा युवा सर्जक खड्काको पञ्चेबाजा गितको बागलुङका स्थानीय विकास अधिकारी भरत गौतमले विमोचन गरेका छन ।

विमोचन गर्दै गौतमले बागलुङ कला तथा संस्कृतिले धनी रहेको बताउदैँ े जगेर्ना दायित्व सवैको भएको बताए उनले विगतको समयमा ठुला शहरहरुमा मात्र फिल्म तथा गितहरुको छायाङकन गरिएता पनि पछिल्लो समय जिल्लामा पनि छायाङकन हुने भएकाले पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सिगाना उच्च माध्यामिक विद्यालयका शिक्षक कविराज जिसीले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, साहित्यकार प्राज्ञ प्रेम छोटा, सिगानाका स्थानीय हरिबहादुर जिसी, गायक हेमन्त खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा गायक खड्काका बुवा नरबहादुर खड्कालाई दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम प्रेस युनियन बागलुङका उपाध्यक्ष प्रदिप पन्तको अध्यक्षता र सहसचिव सुवास आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । गाएक खड्काकै शव्द तथा स्वरमा रहेको वन्चेवामा गाईको देवी घर्तीले समेत स्वार दिनु भएको छ । बागलुङको सिगानामा छायाङकन भएको घरत मेरो वागलुङ सिगाना एल्वम्वमा संचारकर्मी कृष्ण आचार्य र सुनिता खड्काले मोडलिङ गरेका छन ।

प्रतिक्रिया दिनुहोस्