८ जेष्ठ २०८१, मंगलवार

 

२ हजार ७१ परिवार स्वास्थ्य सुरक्षा विमा कार्यक्रममा आवद्ध

बागलुङमा २ हजार ७१ परिवारका ९ हजार ५ सय ५९ जना सामाजिक स्वास्थ्य सुरक्षा विमा कार्यक्रममा आवद्ध भएका छन । २०७२ चैत्र २४ गते सुरु भएको यो कार्यक्रम बागलुङमा भने २०७२ असार १५ गते देखि लागेको भएको थियो । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति जिल्ला कार्यालय बागलुङको आयोजना भएको पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य विकास समितिका प्रवन्धक जिवलाल खरेलल जानकारी दिए । सर्वसाधारण नागरिकको स्वास्थ्य उपचारको लागि सहज रुपमा पहुच पु¥याउने उदेश्यका साथ सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम लागु गरिएको थियो ।

जिल्लामा अहिलेसम्म २ हजार १ सय ५२ जनाले यो सेवा प्रत्यक्ष रुपमा पाएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सागर राजभण्डारीले जानकारी दिए । एक बर्षको अवधिमा १ सय ८४ जनालाई उपचारको लागि रेफर गरिएको थियो । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट २ सय १७ ,गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रबाट २ सय ३५,कुश्मिसेरा प्राथकिम स्वास्थ्य केन्द्रबाट १ सय ५० र धौलागिरी अञ्चल अस्पतालबाट १ हजार ५ सय ५० जनाले सेवा लिएको सामाजिक सुरक्षा कार्यक्रमका प्रमुख जिवलाल खरेलले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा विमा कार्यक्रम जिल्लाका सम्पुर्ण गाविस र नगरपालिकामा बसोवास गर्ने प्रत्येक व्यक्तिमा सेवा संचालन गरिएको छ । उक्त अवसरमा आगामी दिनमा थप बिस्तार गरिने जनाइएको छ । नेपालमा पहिलो पटक बागलुङ सहित कैलाली र इलाममा यो कार्यक्रम संचालन गर्न गरिएको थियो ।

बर्षको १ पटक पाँच सदस्य भएको परिवारले २५ सय रुपैया विमा गरिएपछि ५० हजार रुपैया बरावरको स्वास्थ्य सुविद्या पाउन सक्ने छन । दर्ता सहयोगीले विमा गराएबापत प्रति परिवार ४० रुपैया पाउने गरेकोमा ५ सदस्यीय भएको परिवारलाइ विमा गराए भने १० प्रतिशतको दरले २५० रुपैया पाउने भएको छ । जिल्लाभरी ६१ जना दर्ता सहयोगी रहेको जनाइएको छ ।

नाम दर्ता भएपछि प्रत्येक व्यक्तिले सदस्यता पाउने र उपचार गर्न छुट हुने छ । २ हजार ५ सय तिर्न नसक्ने बिपन्न बर्गको लागि यो सेवा तत्काल लागु हुन सकिरहेको छैन । जिल्लामा अनुगनमको लागि जिविस सभापति संयोजक रहेको १० सदस्यीय जिल्ला स्वास्थ्य सुरक्षा विमा समिति गठन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्