९ जेष्ठ २०८१, बुधबार

 

सुर्तीजन्य पदार्थ नियमन सम्बन्धि सहजीकरण

सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्वय सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम ढोरपाटन नगरपालिकाको शैखोलामा भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा ढोरपाटन नगरपालिको वडा नम्बर–५ र ६ को केन्द्र शैखोलामा भएको कार्यक्रममा स्थानीय व्यापारी, शिक्षक, वालक्लवका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकारले गत चैत्र १ गतेदेखि कार्यान्वयनमा ल्याएको सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने नयाँ कानुन सम्बन्धमा सहजिकरण भएको थियो । नयाँ कानुनमा सर्तिजन्य पदार्थ प्रयोगकर्ताहरुले सार्बजनिक स्थलबाट १०० मिटर नजिकको दुरीमा प्रयोग गर्न नपाउने, विक्रेताले सरका अरुसामान भन्दा छुट्टै राख्नुपर्ने, विक्रिवितरणको अनुमती विना बेच्न नपाईने, वालवालिका र गर्भवती महिलालाई मदिराजन्य पदार्थ खरिद विक्रि गर्न गराउन र प्रयोग गर्न गराउन नपाईने जस्ता व्यवस्था गरिएको छ ।

कार्यक्रमको सहजिकरण जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका हेल्थ असिष्टेन्ट चुडामणी कँडेल र अधिकारीचौर स्वास्थ्यचौकी प्रमुख ललितकुमार यादबले गर्नुभएको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर–५ र ६ को संयुक्त वडा कार्यालयका वडा सचिव कमलप्रसाद कँडेलको अध्यक्षता र अहेब मुक्तिनाथ लोहनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्