बागलुङ जिल्लाका १० वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका बाहेक अरु ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा निर्वाबचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिए । बागलुङ नगरपालिकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै नगरको निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।
कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता, चुनाब चिह्न प्रदान लगायत कार्यकोे विबरण सहित बैसाख १९ गते देखिको निर्वाचन कार्यतालिका र मतदान केन्द्रको विवरण प्रकाशन गरिएको छ ।
पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पनि कार्यालयको बोर्ड राखेर औपचारिक कार्यक्रम गरि कार्यालय स्थापना गरिएको छ ।
ढोरपाटन नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत केदारनाथ पौडेलले बोर्ड अनावरण गरेर गरेका थिए । कार्यक्रममा उनले निर्वाचन आयोगको केन्द्रिय कार्यतालिका अनुसार यहि बैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, शान्तिपुर्ण रुपमा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग गर्न राजनीतिक दल, मतदाता, सञ्चारमाध्यम लगायत सम्पुर्ण सरोकारवालालाई आग्रह गरेका थिए ।
उनले निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनको गतिविधिमा जुट्न सवैलाई आग्रह गरे । सवैसँग सहकार्य गरेर शान्तिपुर्ण निर्वाचन गराउन आफु प्रतिबद्ध रहेको उनको भनाई थियो । कार्यक्रममा राजनितिक दलका नेता, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।
कार्यक्रम ढोरपाटन नगरपालिकाका निमित्त कार्याकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामप्रसाद आचार्यको अध्यक्षता, नायब सुब्बा चण्डीराज पौडेको स्वागत र चुडामाणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम निर्वाचन अधिकृत रञ्जितको अध्यक्षता, निसीखोला गाउँपालिकाका कार्यकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत सञ्जय अधिकारीको स्वागत र नायब सुब्बा नन्दराम भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छ ।













































































































































































































