बागलुङ – नियम विपरित मनपरी शुल्क बढाइएको भन्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रको कार्य कक्षमा ताला लगाएका छन् । बढाएकाे शुल्क फिर्ता गराउनु पर्ने माग राख्दै त्यसको सहजीकरण जिल्ला शिक्षा कार्यलयले नगरेको भन्दै ताला बन्दी गरिएकाे नेपाल विद्यार्थि संघका अध्यक्ष खडक थापाले बताए । साे अवसरमा बाेल्दै नेपाल विद्यार्थी संघका केन्दीय सह महामन्त्री हरिहर शर्माले नेपालमा शैक्षिक दलालहरुले मनपरि ढंगले शुल्क बृदृि गरेकाे र यसलार्इ सचेत गराउन सम्पुर्ण विद्यार्थीहरु एक भएर आन्दोलनमा लागेको बताए । उनले तुरुन्त शुक्ल वृद्धिलाई फिर्ता लिनका लागि सबै तह तप्काबाट दबाब सृजना गर्नुपर्ने बताए । शर्माले छात्रवृद्धी लागाएतका विभिन्न आश्वासनका साथ विद्यार्थी लिने गरेको र सेवा सुवधिा नदिएको आरोप लगाए । शुल्क घटाई छात्रवृद्धी लगाएतका विभिन्न सेवा सुविधालाई कार्यान्वयनमा लिनु पर्ने विद्यार्थि संगठनहरुको माग छ।
विहीबार उक्त विद्यार्थी संगठनहरुले बागलुङमा प्याव्सन, एनप्याब्सनको कार्यालयमा तालावनदी गरेका थिए । सबै ठूला दल निकट विद्यार्थी एकजुट भएर तालाबन्दी गरेका छन् । मंगलबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए भने बुधवार निजी विद्यालयको लेखा तथा प्रशासन शाखामा तालावन्दी गरेका थिए । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अखिल छैठौ, नयाँ शक्ति विद्यार्थी युनियनको सयुक्त पहलमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्दीय सदस्य जिवन शर्मा जानकारी दिए । 














































































































































































































