२ जेष्ठ २०८२, शुक्रबार

 

शिक्षासेवी कुलप्रसादको व्यक्तित्व प्रकाशित

बागलुङ – शिक्षा क्षेत्रमा लामो समय देखि योगदान गरेका कुलप्रसाद श्रेष्ठको जीवनी र व्यक्तित्वलाई समावेश गरेर पुस्तक प्रकाशन गरिएको छ ।
सार्थक प्रकाशन बागलुङले श्रेष्ठको व्यक्तित्व र योगदान नामक कृति प्रकाशन गरेको हो । शुक्रवार आयोजित एक कार्यक्रमका बीच धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद शर्मा, गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख रामजीप्रसाद शर्मा र म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रमुख रेखा कौशल रेग्मी लगायतले पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका थिए ।

९१ बर्षका कुलप्रसाद श्रेष्ठले विद्यामन्दिर मावि, विद्यामन्दिर पुस्तकालय लगायतको विकास र शिक्षाको विकासमा आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरेका थिए । राणा शासनको समय देखि पंचायतको समयमा नेपालीले पढ्ने लेख्ने अवसर नपाएको समयमा पनि उनले पढाउने र धौलागिरीबासीलाई शिक्षित बनाउने काममा निरन्तर सहयोग गरेको बताइएको छ । उनको योगदानलाई कदर गर्दै विद्यामन्दिर मावि, विद्यामन्दिर पुस्तकालय, बागलुङ उद्योग बाणिज्य संघ लगायतका संस्थाले यस अघिनै सम्मान समेत गरेका थिए । कार्यक्रममा कुलप्रसाद श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।sdgfghj

कार्यक्रममा वक्ताहरुले कुलप्रसादले शिक्षाको विकासमा गरेको योगदानबाट अञ्चलनै शिक्षाको ज्योतीमा अगाडि बढ्न सकेको धारणा राखेका थिए । सार्थक प्रकाशनका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय, गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख रामजीप्रसाद शर्मा, म्याग्दी क्याम्पसकी सहायक प्रमुख रेखा कौशल रेग्मी, साहित्यकार प्रेम छोटा, महिला अधिकारकर्मी शकुन्तला शर्मा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, श्याम श्रेष्ठ, देवबहादुर श्रेष्ठ, डा. कृष्णबहादुर श्रेष्ठ, राधाकृष्ण मन्दीर सेवा समितिका अध्यक्ष रमेश राजभण्डारी लगायतले बोलेका थिए । कुल प्रसाद श्रेष्ठका कान्छा छोरा निर्माण कुमार श्रेष्ठ (बासु)को धन्यबाद मन्तव्य, अधिवक्ता कृष्णप्रसाद निउरेको संचालन र प्रकाशनका सदस्य केवी रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । EBASU

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung