७ जेष्ठ २०८१, सोमबार

 

बालबालिको प्रतिभालाई उजागर गर्न जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम

बागलुङ-बालबालिकाको प्रतिभालाई उजागर गराउनका लागि जिल्ला शिक्षाले जिल्ला स्तरीय रुपमा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
तीनवटा निर्वाचन क्षेत्रमा पहिलो चरणको छनौट सकेर जिल्ला स्तरमा कार्यक्रम आयोजना गरिएको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बताए । वक्तृत्वकला, नृत्य, गायन, गणित, विज्ञान सामाग्री र विविध विधामा आफ्नो प्रतिभा देखाउन सक्नेलाई यो अवसर दिइएको हो । जिल्ला तहमा यो कार्यक्रमलाई चिल्ड्रेन लाईफ आवासीय विद्यालयले संयोजन गरेको थियो ।
यो कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका बालबालिकाले आफ्नो प्रतिभाव प्रदर्शन गरेका थिए । साथै उनीहरुले मानवजीवनको सफलताका लागि जीवन उपयोगी सामाग्री समेत निर्माण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले शिक्षाको विकासबाट देशको भविष्य उज्वल हुने भन्दै बालबालिकालाई विद्यालय समयमा राम्रो अवसर र माया दिन सकेमा देशको भविष्य उच्च हुने पनि बताए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र, शाखा अधिकृत खेमप्रसाद आचार्य सहित विभिन्न व्यक्तित्वले बालबालिकाको प्रतिभाबाट सबैले सिक्नुपर्ने धारणा पनि राखेका थिए । विभिन्न विधामा उत्कृष्ठ हुने बालबालिका र विद्यालयलाई पुरस्कारको व्यवस्था पनि गरिएको मिश्रले जानकारी दिए । कार्यक्रममा बालबालिकाले अप्रतियोगि गीत संगीत र विभिन्न राष्ट्रिय व्यत्तित्वको बोलीको नक्कल गरेर मनोरञ्जन पनि दिएका थिए ।

childre

प्रतिक्रिया दिनुहोस्