३० बैशाख २०८२, मंगलवार

 

बाम तालमेलमा दलहरुबीच जुहारी, ढोरपाटन नगरमा मेयर नदिए स्वतन्त्र उम्मेद्वारी दिने चेतावनी

नेकपा माओवादी केन्द्र ढोरपाटन नगरसमितिले बामपन्थी पार्टीविच तालमेल गरेर निर्वाचन लड्ने विषयमा आफ्नो समितिको परामर्श विना जिल्ला स्तरिय बार्ता टोलीले छलफल चलाएको भन्दै असष्तुष्टि जनाएको छ । ढोरपाटन नगरपालिकाको मेयर छोडेर कसैसँग पनि तालमेल गर्न नसकिने नगरसमितिको निष्कर्षलाई वेवास्ता गरेर बार्ता टोलीले अरु पार्टीलाई दिन तयार भएको अनौपचारिक जानकारी आएको र कतिपय सञ्चार माध्यममा समेत समाचार प्रकाशन भएको भन्दै नगर समितिले मान्न बाध्य नहुने चेतावनी दिएको छ । कतिपय अनलाईन र सामाजिक सञ्जालमा ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई मेयर र माओवादीलाई उपमेयर दिने गरी एमाले सहित तिन बाम पार्टी बिच सहमती हुन लागेको समाचार आएका छन् ।

निर्णयमा भनिएको छ–‘हाम्रो पार्टीको मजबुत जनाधार भएकोले ढोरपाटन नगरपालिकाको कार्यसमिति र ९ वटै वडा अध्यक्षको परामर्शमा मेयर छोड्ने सहमती कुनै पनि हालतमा मान्य नहुने राय आएको छ । यदि त्यसो गरिए पार्टीले चुनाब चिह्न नदिए चुनाब जित्ने गरि स्वतन्त्र रुपमा पनि लड्न सक्ने निर्णय गरिm2यो ।’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तालमेलको नाममा सिङ्गो पार्टीलाई नै अनिर्णयको बन्दी बनाईएको भन्दै नगरसमितिले आपत्ति समेत जनाएको छ । नगरसमितिको पदाधिकारी बैठकले गरेको निर्णय आईतबार दिउसो नगरसमितिको सम्पर्क कार्यालय बुर्तिबाङमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्दै ढोरपाटन नगरपालिका अरु पार्टीलाई दिने जिल्लाले सहमती गरे आफुहरु स्वतन्त्र रुपमा उम्मेद्वारी दिएर पनि जित्ने नगर समिति अध्यक्ष चन्द्र आर्यालले दाबी गरे ।

नगर समितिले नगरबाट उम्मेद्वार बन्न ईच्छुकको नाम स्थानीय रुपमा सवै प्रक्रिया पुरा गरी यसअघि बैसाख ९ गते नै जिल्ला पठाए पनि मनोनयन दर्ता गर्ने समय नजिकिँदा समेत टुङ्गो लगाएर नपठाउँदा स्थानीय रुपमा निराशा बढेको माओवादीले जनाएको छ । प्रक्रिया अनुसार आईबार बेलुकासम्म उम्मेद्वारको टुङ्गो लगाउन जिल्ला र प्रदेशलाई माग गर्दै त्यसो नभए अन्तिम उम्मेद्वार तय गर्ने अधिकार स्थानीय नगर समितिलाई नै दिन जिल्ला समिति र प्रदेश समितिलाई समेत माग गर्ने निर्णय भएको नगर समिति उपाध्यक्ष सेरमान घर्तीले बताए । आईतबार दिउसो ३ बजे पत्रकार सम्मेलन गरेको नगरसमितिले ३ घण्टा भित्र नगरका उम्मेद्वारको टुङ्गो लगाउन जिल्ला समितिलाई अल्टिमेटम दिएको छ ।

ढोरपाटन नगरको मेयरमा नगर समिति अध्यक्ष चन्द्र अर्याल, उपाध्यक्ष सेरमान घर्ती, सचिब भिम गौतम, थमप्रकाश पुन र रामप्रसाद आचार्यको नाम जिल्लामा पठाईएको नगर समितिले जनाएको छ । ५ जना मध्ये अर्याल र सेरमान घर्ती मध्ये एक एक जना उम्मेद्वार भए आफुहरुलाई स्वीकार्य रहेको अरु तिन उम्मेद्वारले बताएका छन् । दुबै जनाले दाबी नछोडेपछि त्यसभन्दा बाहिरबाट पनि मयेरको नाम खोजी गर्ने क्रममा केन्द्रिय महाधिबेशन समिति सदस्य तुल्सीराम अर्याल र सञ्चार उद्यमी देबकुमार नेपालीको नाम पनि चर्चामा रहेको स्रोतले बताएको छ ।

बैठकको निर्णय पुस्तिकामा नगर समिति अध्यक्ष चन्द्रलाल अर्याल, उपाध्यक्ष सेरमान घर्ती सचिब भिम गौतम र कोषाध्यक्ष त्रिदेबि छन्त्याल र केन्द्रिय महाधिबेशन समिति सदस्य तुल्सीराम अर्यालको समेत हस्ताक्षर छ । कोषाध्यक्ष बलबहादुर सिपाली र ९ वटै वडाका अध्यक्षको समेत परामर्शमा निर्णय भएको नगर समिति सचिब भिम गौतमले जानकारी दिए ।
निर्णयको बारेमा जिल्ला र प्रदेश समितिलाई समेत जानकारी गराईएको नगरसमितिले जनाएको छ । जिल्लामा भएको भनिएको सहमती र नगरसमितिको आशङ्का बारे बुझ्न जिल्ला स्तरका नेतासँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung