१९ भाद्र २०८३, शुक्रबार

 

स्वदेशमा रोजगारी सिर्जना गर्ने यस्तो छ नयाँ शक्तिको योजना

काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालले वार्षिक ३ देखि ५ लाखसम्म रोजगारी देश भित्रै सिर्जना गर्न सकिने लक्ष्य राखेको छ । पार्टीको स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्रमा त्यसबारे विस्त्रीत चर्चा गरिएको छ । पूर्वाधार विकास, कृषि तथा पशुपालन, औद्योगिक तथा सेवामूलक क्षेत्र, सरकारी क्षेत्रमा रोजागारी सिर्जना गरी उक्त लक्ष्य प्राप्त गर्न सकिने पार्टीले जनाएको छ ।

पूर्वाधार विकास (सडक, खानेपानी, सिँचाइ, भवन, आइसीटी आदि) मा ८० देखि १ लाख सम्म रोजगारी सिर्जना गर्न सकिने, कृषि तथा पशुपालनमा ४० हजार भन्दा माथि युवाहरुलाई उन्मुख गर्न सकिने, औद्योगिक क्षेत्र (कृषिजन्य, दैनिक उपभोग्य बस्तु, निर्माण सामाग्री आदि) मा ८० हजार भन्दा धेरैलाइै रोजगारी दिन सकिने योजना नयाँ शक्तिले पस्केको छ।
यस्तै सेवामुलक क्षेक्षेत्र (पर्यटन, होटल, व्यापार–व्यवसाय आदि) मा ८० हजार भन्दा माथि, सरकारी सेवा क्षेत्र (प्रशासन, शिक्षा, स्वास्थ्य आदि) मा २० हजार माथि रोजगारीको अवसर प्रदान गर्न सकिने नयाँ शक्तिको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung