बागलुङ नगरपालिका ७ तितौरेमा शनिवार एक महिलाको आत्महत्या भएपछि विभिन्न महिला अधिकारकर्मीहरुले घरेलु हिंसाको अन्त्यको माग गर्दै विरोध गरेका छन । आईतबार बागलुङ बजारमा नाराबाजी सहित विरोधमा उत्रेका महिलाहरुले घरेलु हिंसाका कारण गर्भवती महिला आत्महत्या गर्न बाध्य हुनुपरेको भन्दै घटनाको अनुसन्धान हुनुपर्ने बताएका थिए ।
शनिबार खाना खाएर कोठामा गएकी प्रतिक्षाले आफ्ने पटुकीले पासो लगाएर आत्महत्या गरेकी थिइन । २० बर्षीय प्रतिक्षाको आत्महत्या कसरी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमको लागि धौलागिरी अन्चल अस्पतालमा राखिएको छ ।













































































































































































































