५ श्रावण २०८३, मंगलवार

 

नेपाली काग्रेस जैनपा ९ पैयुथन्थापमा चुनावी सभा सम्पन्न

नेपाली काग्रेस जैमिनी नगरपालिका वडा नम्वर ९ पैयुथन्थापमा चुनावी सभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख पदका उम्मेद्वार इन्द्रराज पौडेलले नगरपालिका भित्र शिक्षा,स्वास्थ्य,संचार,ढल र सडकको स्तरोन्नती गरी आगामी ५ बर्ष भित्रका कोही पनि नागरिक गास बाँस कपासबाट बञ्चित बन्नु नपर्ने बताए
p5

 हरेक विकास निर्माणमा नेपाली काग्रेसले पहल गरिरहेका भन्दै लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली काग्रेसलाइ जिताउनु पर्ने बताए । त्यस्तै उपप्रमुख पदका उम्मेद्््वार कौशिला विकले पनि दलित र महिला अधिकारका पक्षमा स्थानीय सरकारमार्फत आफुँले पहल गर्न बताईन ।

सो अवसरमा नेपाली काग्रेसका पूर्व महासमिति सदस्य भीम श्रीस, जिल्ला सदस्य पदम पुन, नेविसंघ सहमहामन्त्री हरिहर शर्मा,अध्यक्षका प्रत्यासी पूर्णबहादुर राना लगायतले बोलेको थिए ।
नेपाली काग्रेस जैमिनी नगरपालिका वडा ९ का वडाअध्यक्ष नरजंग राना कटकको अध्यक्षता,क्षेत्रीय सचिव विष्णु आचार्यकोे स्वागत,स्वतन्त्र उम्मेद्वार गिरीप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।p6

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung