२९ बैशाख २०८२, सोमबार

 

बागलुङ नगरलाई व्यवसायिक तथा पर्यटकीय संगम स्थलको रुपमा स्थापित गर्छाै, बसन्त र शकुन्तला

स्थानिय तहको निर्वाचन जित्ने लक्षका साथ जुटेको नेपाली काग्रेस बागलुङका उमेदवारहरु मत माग्न घर दैलो तथा चुनावी सभालाई आज पनि निरन्तरता दिएको छ ।
बागलुङ नगरपालीका का मेयर पदका उमेदवार वसन्तकुमार श्रेष्ठ र उपमिर शकुन्तला शर्माको टोलिले आज बागलुङ नगरपालिका ६ भान्सा तथा सिममा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको ।

सो अवसरमा वोल्दै मेयरका उमेदवार वसन्तकुमार श्रेष्ठले समृद्ध नगर निर्माणको लागी नगर भित्रका सडकलाई पहिलो प्रथामिता दिएर नगर विकासमा लाग्ने बताएका छन । मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोरको मिलन विन्दुमा रहेको बागलुङ नगरलाई व्यवसायिक तथा पर्यटकीय संगम स्थलको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । यातायातको विकासले अरु क्षेत्रको विकासको ढोका खोल्ने भएकोले पहिलो प्रथाकिमता सडकको स्तरवृद्धिलाई दिने बताए ।
त्यस्तै उपमेयरका उमेदवार शकुन्तला शर्माले आफु नगरपालिकामा क्रियाशिल ठुला दल मध्ये आफुमात्रै एक्लो महिला उमेदवार भएकोले महिलाको अधिकार स्थापित गर्न आफुलाई विजयी गराउन आग्रह गरेकी छन । कार्यक्रममा नेपाली काग्रेका महासमित सदस्य जगदिशचन्द्र उपाध्यायले नेपालका हरेक आन्दोलको अगुवाई काग्रेसले गरेकोले अवको आर्थिक तथा सामाजिक विकासको लागी काग्रेस अग्रसर भएकोले विजयी गराउन आग्रह गरे । कार्यक्रममा वानमा ६का वडा अध्यक्षका उमेदवार वालकृष्ण सापकोटा लगाएतले बोलेका थिए त्यसैगरी काँठेखोला गाउँपालिका, जैमुनी नगरपालिका र गल्कोट नगरपालिकामा पनि चुनावी सभा समपन्न भएका छन । कार्यक्रम नेपाली काग्रेसका वार्ड संयोजक जयभद्र सापकोटाको अध्यक्षता र सचिव माधव उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung