
मंगलवार काँठखोला गाउँपालिका वडा नं. ७ रेशमा एमालेले चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभामा बोल्दै पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले स्थानीय निकाय निर्माणको लागि संयुक्त बाम प्यानललाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण बहादुर केसी, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिरा बहादुर केसी, नेकपा एमाले काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिल बहादुर कार्की, पूर्व जिविस सदस्य हरि बहादुर कार्की लगायतले समृद्ध काँठेखोला गाउँपालिका निर्माणका लागि साझा उमेदवारलाई विजयी गराउन आव्हान गरेका थिए ।
कार्यक्रममा काँठेखोला गाउँपालिकामा संयुक्त बाम प्यानलका अध्यक्षका उम्मेदवार अमर बहादुर थापा, उपाध्यक्षका उमेदवार अर्जुन बहादुर खत्री, काँठेखोला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षका उमेदवार प्रेम लामिछाने काँठखोलाको समग्र विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए ।