
गलकोट नगरपालिकामा नेपाली काग्रेसका भरत शर्मा गैरे राजमोका टंक केसी भन्दा अगाडी देखिएका छन । भरत शर्मा गैरेले ३ हजार ५१ मतका साथ अगाडी देखिएका छन । भने राजमोका टंक केसीले १६ सय १२ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा माओबादी केन्द्रका फमलाल न्युरेले ११ सय ८४ मत प्राप्त गरेका छन । त्यस्तै नेपाली काग्रेसको उपमेयर रेणुका काउँचा मा ३१ सय ५१ मत प्राप्त भएको छ भने एमाले उपमेयर रत्ना भण्डारीमा १६ सय ८४ मत खसेको छ । नेकपा माओबादी केन्द्रकी उपमेयर ललिता थापाले १२ सय २५ मत प्राप्त गरेकी छिन ।
त्यस्तै काठेखोलामा एमालेले अग्रता कायम गरेको छ । एमालेका उम्मेदवार अमर थापाले ३६ सय ६५ मतका साथ अगाडि देखिएका छन । नेपाली काग्रेसका उम्मेद्वार होमबहादुर हमालले ३ हजार ८ मत प्राप्त गरेका छन । त्यस्तै राजमोको उपप्रमुखमा अर्जुन खत्रीले ३४ सय ९७ मतका साथ अग्रस्थानमा छन भने नेपाली काग्रेसकी ज्ञान कुमारी श्रीसले २६ सय ७६ मतका साथ दोस्रो स्थानमा देखिएकी छिन ।