३१ बैशाख २०८२, बुधबार

 

बागलुङ नगरपालिकामा एमाले र राप्रपा अगाडी

बागलुङ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेका जनक पौडेलले २६ सय ८० मत लिएर अग्रता कायम गरेका छन । नेपाली काग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले २१ सय ५० मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले २६ सय ५१ मतका साथ अगाडी देखिएका छन । त्यस्तै नेपाली काग्रेसकी शकुन्तला शर्माले १८ सय ५५ प्राप्त गरेकी छिन । बानपा १ र २ मा वडाअध्यक्षमा एमाले र ३ मा राजमोले विजयी हासिल गरिसकेका छन । अहिले बानपा वडा नं ४ को मतगणना भईरहेको जिल्लाका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung