बागलुङ नगरपालिकाको वडा नं ४ मा धु्रव केसी वडा अध्यक्षमा निर्वाचित भएका छन । उनले ८ सय १६ मत ल्याएर प्यानल विजयी भएको छ । त्यसैगरी वडा नं ५ मा एमालेका शिव सापकोटा ७ सय ९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन । यस वडामा पनि प्यानल विजयी भएको जनाईएको छ । बानपा वडा नं ६ को मतगणना भइरहेको छ । जस्मा एमालेका वडा अध्यक्षका उम्मेदवार खेमराज शर्माले ३ सय ७३ मतका साथ अग्रता कायम गरेका छन । नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार बालकृष्ण सापकोटाले २ सय ९१ मत प्राप्त गरेका छन । अहिले सम्मको मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार जनक पौडेलले ४५ सय ३२ मत प्राप्त गरी अग्रता लिएका छन ।
त्यस्तै नेपाली काग्रेसका मेयर पदका उम्मेदवार बसन्त कुमार श्रेष्ठले ३७ सय ८५ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरका राप्रपाका उम्मेदवार सुरेन्द्र खड्काले अग्रता कायम गरेका छन । उनले ४३ सय १४ मत प्राप्त गरेका छन भने नेपाली काग्रेसका उपमेयर उम्मेदवार
शकुन्तला शर्माले ३३ सय ४६ मत प्राप्त गरेकी छन
।













































































































































































































