३१ बैशाख २०८२, बुधबार

 

गलकोट नगरपालिकामा नेपाली काग्रेसका मेयरमा भरत शर्मा गैरे र उपमेयरमा रेणुका काउँचा निर्वाचित

गलकोट नगरपालिकामा नेपाली काग्रेसका मेयर तथा उपमेयर पदका उम्मेदवार निवार्चित भएका छन । मेयरका उम्मेदवार भरत शर्मा गैरेले ५ हजार ८ सय १४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । त्यस्तै उपमेयरका उम्मेदवार रेणुका काउँचाले ६ हजार ९९ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन ।
राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानलबाट मेयर उम्मेदवार टंक केसीले ३ हजार ३ हजार ६२ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेका उपमेयरका उम्मेदवार रत्ना भण्डारीले ३ हजार ३ सय ५४ प्राप्त गरेकी छिन । माओबादी केन्द्रका मेयरका उम्मेदवार फमलाल न्युरेले २ हजार ७ सय ४० मत प्राप्त गरेका छन । उपमेयरका उम्मेदवार ललिता थापाले २ हजार ८ सय ६० मत प्राप्त गरेकी छिन । नयाँ शक्ति नेपालका बमबहादुर गुरुङले १ सय १९ मत पाएका छन ।
गलकोट नगरपालिका वडा नं ७ मा माओबादीका सुवेदार टिका थापा,वडा नं ८ मा नेपाली काग्रेसका रामप्रसाद कडेँल,वडा नं ९ मा नेपाली काग्रेसका तेजबहादुर थापा,वडा नं १० मा नेपाली काग्रेसका तिलक घर्ती,वडा नं ११ मा डम्वरबहादुर श्रीस वडा अध्यक्षमा निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung