बाग्लुङको बडीगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालका उम्मेदवार मेयरसिंह पाइजा अध्यक्षमा निर्वाचित भएका छन । उनले ४९२१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी नेपाली काग्रेसकी उम्मेदवार गण्डकी थापा अधिकारीले ४३२९ मत प्राप्त गरेकी थिईन ।
त्यस्तै उपाध्यक्षमा नेपाली काग्रेस विजयी भएको छ । नेपाली काग्रेसका उपाध्यक्ष उम्मेदवार अमरबहादुर श्रीसले ४२९१ मत प्राप्त गर्दै विजयी भएका हुन । माओवादीका उपप्रमुख राजीव घिमिरेले २०५९ मत प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाका प्रमुख भीमसेन वनले १२५८ र राजमोका उपप्रमुख रुनमाया थापाले १२९१ मत प्राप्त गरिन ।













































































































































































































