बागलुङ नगरपालिका वडा नं ११ मा नेपाली काग्रेसका उम्मेदवार ज्ञानेन्द्र गौतम निर्वाचित भएका छन । उनले ६०५ मत प्राप्त गर्दै विजयी भएका हुन । त्यस्तै वडा नं १२ मा एमालेका गुरुदत्त पाठकले ११८० मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका छन । पछिल्लो मतपरिणाम अनुसा नेकपा एमालेका जनक पौडेलले १०४५ मत प्राप्त गरेका छन । नेपाली काग्रेसका उम्मेदवार बसन्तकुमार श्रेष्ठले ८०३९ मत प्राप्त गरेका छन ।
त्यस्तै उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्काले ९७३३ मतका साथ अगाडी देखिएका छन । नेपाली काग्रेसकी शकुन्तला शर्माले ७१४६ मत प्राप्त गरेकी छिन ।
यसअगाडी वडा नं १ दुर्गा बोहराले ५९९,२ मा जीवन आचार्यले ५८२, ३ मा राजमो लक्ष्मी बास्कोटाले १२६५, ४ मा एमालेका धु्र्रव केसीले ८१६,५ मा शिव सापकोटाले ७०९,६ मा खिमराज सापकोटाले ६६३, ७ मा खगराज पाण्डे १११८,८ मा राजन जिसीले ६८६, ९मा गणेश थापाले १०८१, १० मा प्रेम थापाले ११६६ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भइसकेका छन ।

















































































































































































































