बागलुङ नगरपालिकामा जित हासिल गरेको नेकपा एमाले–राप्रपा–राजमो गठवन्धनले आज बिजयी सभा गरेको छ ।
बागलुङ नगरका बिभिन्न भाग परिक्रमा गरेर बजारको मुख्य चोक रहेको लोकतान्त्रिक चोकमा बिजयी सभा गरिएको हो । ¥यालीका क्रममा बिजयी उम्मेदवारहरुले मतदाताहरुलाई अमूल्य मतका लागि धन्यवाद समेत ज्ञापन गरेका थिए ।

सभामा बोल्दै नव–निर्वाचित मेयर जनक पौडेल र उपमेयर सुरेन्द्र खड्काले नगरवासीको सेवकको रुपमा काम गर्ने उद्घोष गरेका छन् । नगरमा भएका खानेपानी, ढल, सडक लगायतका समस्यादेखी कार्यालय भित्रको सुशासन सहितका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य मनकुमारी केसी, पूर्व उर्जा राज्य मन्त्री रामजी शर्मा, नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, राप्रपाकी कृष्णमाया थकाली लगायतले बोलेका थिए ।

नेकपा एमाले नगर कमिटि संयोजक गोविन्द गौतमको अध्यक्षता, नेकपा एमाले जिल्ला सचिवालय सदस्य भरत पुरीको स्वागत र नेकपा एमाले नगर उप–संयोजक धन बहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































