
सूचना प्रविधीको विकास र विस्तारसँगै जीवन शैली पनि परिवर्तन हुँदैछ। हप्तौ दिन लगाएर नुन किन्न भारतसम्म पुगेको हजुरबाका कथा सुनेका अहिलेका पुस्ता नुन देखी सुन सम्म अनलाइनमा खोज्न थालेका छन । सपिङ गर्ने शैली अहिले विकास र विस्तार हुँदै अनलाइनबाटै सपिङ गर्नेसम्मको जमाना विश्वसँगै नेपाली बजारमा समेत भित्रिएको छ । अब राजधानी बहिर पोखराबाट पनि कतिपय सामानहरु अनलाइनबाटै खरिद बिक्रि हुन थालिसकेको छ।
आज ईन्टरनेटले व्यावसायलाई छिटो र सरल बनाईदिएको छ । विश्वमा नै अनलाईन सपिङ अहिले निकै लोकप्रिय माध्यम भएको छ सामान किन्नको लागि । यसले बिक्रेता र ग्राहकलाई नजिक बनाएको छ भने ग्राहकले पनि आफुलाई चाहिएको र चाहेको सामान सजिलै घरमै बसी बसी अनलाइन खोजी गरी खरिद गर्न सक्छन । जसबाट ग्राहकहरुको समय, पैसा, शक्ती, इन्धन त बच्छ नै साथै आफुलाई चाहिएको वस्तुको मुल्य विभिन्न बिक्रेताहरु विच तुलना गरि सुपथ मुल्यमा खरिद गर्न सक्दछन् ।
यसै कुरालाई मध्यनजर गर्दै पोखरामा पनि यहिका स्थानिय दुई युवाले राम्री लगानीमा, पोखराकै स्थानिय तथा बाहिरका ब्राण्डका सामानहरुसहितको अनलाइन सपिङ सेवा सुरु गरेका छन् । सन्चालक मध्य एक भुवन पौडेल भन्छन -“तपाईँहरुले सामान किन्ने मात्र नभई यदि तपाईँसँग आफ्नो पसल छ वा कुनै सामानहरु उत्पादन गर्नु भएको छ भने उक्त सामानहरु वेच्न पनि हामी कल्पमार्टबाट ठाउँ उपलब्ध गराउँछौँ ” । कल्पमार्ट डट कम (kalpamart.com)जसको मूख्य कार्यालय पोखराको चिप्लेढुङ्गामा अवस्थित छ, तपाईले सुपथ मुल्यमा गुणस्तरीय सामान पाउनुहुनेछ । साथै तपाईँले सामान र सुविधासँग सन्तुष्ट नभएको खण्डमा सामान फिर्ता गर्न पनि सक्नुहुनेछ, पौडेलले बताए ।
यस अनलाइन स्टोरमा तपाईँले देश तथा विदेश बाट विभिन्न तरिकाले पैसा तिर्न सक्नुहुन्छ । सञ्चालक अमिष रञ्जितका अनुसार Paypal, American Express, Visa, Master card, Western Union, IME, SCT nPay, Local Bank Transfer साथै Cash on Delivery जस्ता माध्यमबाट Payment गरी सामान अर्डर गर्न सकिन छ ।