निसीखोला गाउँपालिका वडा नम्बर–४ का नवनिर्वाचित वडा सदस्य दधिराम रेग्मीको निधन भएको छ ।
६७ बर्षिय उनको सोमबार राति आफ्नै आफन्तको घरमा भएको छैठि कार्यक्रममा भजन गाउँदा गाउँदै एक्कासि ज्यान गएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।
दिउसो निर्वाचन अधिकृतलाई विदाई गरेर घर गएका उनी राति साढे ११ बजे छैठिमा भजन गाउँदै गर्दा अचानक ढेलेपछि घटना स्थलमै मृत्यु भएको हो । त्यहाँ उनी केहि बेर नचेका पनि थिए ।
नेपाली काँग्रशका सक्रिय सदस्य समेत रहेका उनको मंगलबार पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जली सहित अन्त्यष्टि गरिएको छ । उनी २०५४ सालको स्थानिय निर्वाचनमा सबिकको बोहरागाउँ गाविसको अध्यक्ष जितेका थिए ।
बागलुङका जिल्ला निर्वाचन अधिकारी बिकाशचन्द्र पौडेलले नगरप्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष बाहेक अन्य सदस्यको मृत्यु भएमा फेरि निर्वाचनको व्यवस्था नभएका कारण अहिलेको कानुन अनुसार उनको पद रिक्त नै रहने बताए ।























































































































































































