३० बैशाख २०८२, मंगलवार

 

पूर्व जनप्रतिनिधि कार्कीको निधनमा एमालेद्वारा श्रद्धाञ्जली अर्पण

नेकपा एमालेका संगठित सदस्य तथा पूर्व जनप्रतिनिधि चन्द्रबहादुर कार्कीको निधन भएको छ । काँठेखोला गाउँपालिका वडा नं.७ साविक रेश गाविस वडा नं. ६ का पूर्व वडा अध्यक्ष कार्कीको बुधवार बिहान निधन भएको हो ।

स्वर्गीय कार्कीको पार्थिव शरिरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

स्वर्गीय कार्कीको पार्थिव शरिरमा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मना केसी, प्रदेश कमिटि सदस्य तथा बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनक पौडेल, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, एमाले जिल्ला सचिव लालबहादुर थापा, नेकपा एमाले काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, एमाले जिल्ला सदस्य तथा काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापा लगायतले एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

२०४९ र २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेका तर्फबाट साविक रेश गाविस वडा नं. ६ को वडा अध्यक्षमा निर्वाचित कार्कीले रेशको शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung