३ श्रावण २०८३, आईतवार

 

बागलुङमा अनलाईनबाट व्यक्तिगत घटनादर्ता सुरु

बागलुङमा अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता हुन थालेको छ । जिल्लाको बडिगाड गाउँपालिकाको वडा नम्बर–२ र बागलुङ नगरपालिकाको वडा नम्बर–४ का कार्यालयबाट जन्म, मृत्यु, वसाईसराई, विवाह र सम्बन्ध विच्छेदको दर्ता अनलाईन मार्फत सुरु गरिएको हो ।
व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणालीमा लैजाने सरकारी कार्यक्रम अनुसार नै घटना दर्ता अनलाईन मार्फत सुरु गरिएको बडिगाड गाउँपालिका–२ का वडा अध्यक्ष विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले सुचना प्रणालीको प्रयोगले काम छरितो र सरल भएको बताए ।
वडा सचिव गिता पौडेलका अनुसार इन्टरनेटको पहुँचमा भएका सेवा ग्राहिले घरवाटै घटना दर्ताको फारम भर्न सक्ने तथा आफ्नो आई डि नम्वरको आधारमा जुनसुकै ठाउँवाट सुचना लिन सक्ने जानकारी दिईन् । वडिगाड गाउँपालिकाको वडा नम्बर–४ मा एक वर्ष पहिले नै अनलाईन सेवा सुरु भएपनि ईन्टरनेट पहुँच, दक्ष जनशक्ति र व्यवस्थापनको समस्याले रोकिएका हुँदा त्यहाँपनि अब नियमित गर्ने तयारी गरिएको छ ।
जिल्लाभर घटना दर्ता अनलाईन प्रणालीबाट गर्ने तयारी स्वरुप जिल्ला समन्वय समितिले वडा सचिबहरुलाई तालिम समेत दिईसकेको छ ।
जिल्लाका सवै स्थानिय तहका वडामा व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणाली सुरु गर्ने तयारी भएपनि दक्ष जनशक्ति, भौगोलिक विकटता तथा इन्टरनेटको सहज पहुँचमा समस्या भएकाले त्यसको व्यवस्थापनको काम भईरहेको जिल्ला समन्वय समिति पञ्जिकरण शाखाका नयबसुब्बा मिन वहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung