सुमेघ ट्राभल्सले लागातार नौ पटक ड्रयागन एयरको उत्कृट ट्राभल एजेन्टको पुरस्कार जितेको छ ।
गत सोमबार साँझ काठमाडौंमा आयोजित एक समारोहमा सुमेघले ड्र्यागन एयरको उत्कृष्ट ट्राभल एजेन्टको पुरस्कार जितेको हो ।
एयरलाइन्सले प्रत्येक बर्ष आफ्नो टिकटहरु बेच्ने ट्राभल एजेन्सीहरुबाट उत्कृष्ट एजेन्टलाई प्रदान गर्ने पुरस्कार समारोहमा सुमेघले प्यासेन्जर तर्फको पुरस्कार जितेको हो ।
ट्राभलका सञ्चालक मेघ केसी बागलुङको गलकोट नगरपालिका हटियामा जन्मिएर नेपालको ट्राभल व्यवसायको क्षेत्रमा उच्च सफलता प्राप्त गरेका युवा व्यवसायि हुन् ।
ड्र्यागनले सन् २००८ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ । प्यासेन्जर्स तर्फको अन्य पुरस्कारहरु क्रमस ओशो ओल्र्ड ट्राभल्स, गोरखा भिजन ट्राभल्स एण्ड टुर्स र सेरन ट्राभल्स छन् ।













































































































































































































