३ श्रावण २०८३, आईतवार

 

बागलुङे कलाकार नबिन रानाको ‘बनको काफल’ बजारमा (भिडियो सहित)

नेपाली समाजको यथार्थता झल्किने पूर्वेली लोकगीत ‘वनैको काफल’बजारमा आएको छ ।

कलाकारद्वय नवीन राना र भीमसेन कँडेलको संयुक्त प्रस्तुतिमा उक्त गीत सार्वजनिक भएको हो । टाईगर्स फिल्मस्को प्रस्तुति रहेको वनैको काफलमा ८६ वर्षीय उजिर पुन मगरले सशक्त अभिनय गरेका छन् । गीतमा पदरेश गएको छोराछोरी घर नफकिँदा बाबा–आमालाई पर्ने पीर र परदेशीले श्रीमती,श्रीमान् मात्रै नभई आमा–बुबालाई पनि सम्झनुपर्छ भन्ने सन्देश रहेको गायक नवीन रानाले बताए ।

भीमसेन कँडेलको शब्द, नवीन रानाको स्वर र श्रीकृष्ण बम मल्लले संगीत भरेका छन् । म्युजिक एरेन्ज आशिष अविरल, निर्देशन गोविन्द पुन मगर छन् भने दानबहादुर श्रीस मगरले छायांकन/सम्पादन गरेका छन् ।

वनैको काफललाई  म्युजिक नेपालमार्फत बजारमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung