३ श्रावण २०८३, आईतवार

 

फेसबुकमा नयाँ फिचर थपियो, तपाईले थाहा पाउनु भो ?

सामाजिक सञ्चाल फेसबुकमा नयाँ (विशेषता) फिचर थप भएको छ । नयाँ थपिएको विशेषताअनुसार अब फेसबुकमा अरु व्यक्तिले अपलोड गरेको फोटो तथा स्टाटसमा कमेन्ट गर्दा जीआईएफ इमेज राख्न मिल्ने छ ।

महिनौं लामो परीक्षण पश्चात फेसबुले बिहीबारदेखि उक्त फिचर प्रयोगमा ल्याएको हो ।

यसअघि फेसबुक म्यासेन्जरमा च्याट गर्दा जीआईएफ प्रयोग गर्न सकिन्थ्यो । अब जो कोहीले पनि फेसबुकमा कमेन्ट गर्दा जीआइएफ साइनमा क्लिक गरेर जीआइएफ पिक्चर राख्न सक्नेछन्  ।

फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको व्यवस्था गरेको हो । थपिएको फिचर अनुसारको नमुना कमेन्ट यहाँ हेरौँ ।

लोकान्तर डटकमबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung