बागलुङमा एक दशदेखी क्रियाशिल पत्रकार सुवास आचार्य सम्मानीत भएका छन् ।
लामो समय देखी पत्रकारीता क्षेत्रमा क्रियाशिल रही समाज सुशुचित गर्न महत्वपुर्ण योगदान पु¥याएको भन्दै मालिका सेवा समाज बागलुङले सम्मान गरेको हो ।
समाजका अध्यक्ष दुर्गावहादुर कुवर र संरक्षक तथा पुर्व उर्जा राज्यमन्त्री रामजिप्रसाद शर्माले दोसल्ला र सम्मान पत्रले सम्मान गरे ।
आचार्य धौलागिरी टेलिभिजनको समाचार प्रमुख र माउण्टेन टेलिभिजनको जिल्ला सम्वाददाताका रुपमा काम गरी रहेका छन् । उनी नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव समेत हुन् ।
पत्रकार आचार्यले सम्मानले आफुलाई पत्रकारीतामा थप उर्जा सृजना गरेको वताउदै सव्य समाज निर्माणमको पहलमा कलम चलाउने बताए ।


















































































































































































































