१ कार्तिक २०८३, शनिबार

 

विजया दशमीको शुभकामना साटासाट गर्दै विद्यामन्दिर पुस्तकालयले दियो पठन संस्कृतिमा जोड

बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङले विजया दशमी, नेपाल संवत्, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, संरक्षक सदस्य प्रेम छोटा, पूर्वअध्यक्षहरू ईश्वर मलेपती, विकास शाक्य, मुकेशचन्द्र राजभण्डारी, गोविन्द वझा, रामप्रसाद शर्मा र राम थापा अविरललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले पुस्तक र पुस्तकालयको महत्वबारे चर्चा गर्दै समाजमा पठन संस्कृतिको विकासका लागि थप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले नयाँ पुस्तालाई पुस्तकालयतर्फ आकर्षित गर्न लक्षित कार्यक्रम ल्याउनुपर्ने र अध्ययनप्रतिको रुचि बढाउन पुस्तकालयले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पुस्तकालयका कार्यसमिति सदस्य सञ्जिवकुमार श्रेष्ठ, नेकपा एमालेकी नेतृ मन केसी, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य, आजीवन सदस्य बालकृष्ण सापकोटा, संरक्षक सदस्य सुरज मलेपती र आजीवन सदस्य यामबहादुर थापाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कवि गुणराज पौडेल र रामचन्द्र शर्माले कविता वाचन गरेका थिए ।

विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता तथा कार्यसमिति सदस्य नवराज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung