२९ बैशाख २०८२, सोमबार

 

स्थानीय तहलाई प्रविधिमैत्री बनाउन आईटी सेमिनार हुँदै

स्थानीय तहका जनप्रतिनिधिलाई सूचना प्रविधिको बारेमा जानकारी दिन आज बागलुङमा सुचना प्रविधि सम्बन्धि ‘आईटी सेमिनार’ हुँदैछ । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ बागलुङ शाखाले बागलुङ बजारमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा जनप्रतिनिधिलाई स्मार्ट भिलेज, डिजिटल सिटी, ई–गभर्मेन्ट, डिजिटल सिक्नेचर र साईबर सुरक्षा सम्बन्धी विषयमा सहजिकरण गरिने क्यान महासंघ बागलुङका अध्यक्ष कुमार पौडेलले जानकारी दिए ।

प्रविधिको विकास तिव्र गतिमा भईरहेको बर्तमान अबस्थामा स्थानीय तहलाई प्रविधिमैत्री बनाई सहज र छरितो सेवा प्रवाहमा समेत सहयोग पु¥याउने उदेश्यले कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।

‘चुनावकै बेलामा समेत स्मार्ट गाउँपालिका तथा नगरपालिकाको कुरा उम्मेद्वार र आम नागरिकविच पनि छलफल हुने गरेको थियो’ अध्यक्ष पौडेले भने, त्यो कसरी सम्भब छ ? भन्ने बारेमा प्रष्ट पार्न यो कार्यक्रमको आबश्यकता हामीले ठान्यौँ ।’

कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यकारी अधिकृतलाई सहभागी गराईने छ । सेमिनारमा ईन्जिनियर विनोद ढकाल, विप्लवमान सिंह लगायतका प्रशिक्षकले सहजिकरण गर्नेछन् ।

नयाँ संविधान अनुसार राज्यको पुनर्संरचना भई भर्खरै स्थानीय तह बनेको छन् । अहिले कार्यालय व्यवस्थापनदेखि सेवा प्रवाह र कार्यसम्पादनलाई समेत प्रविधिमैत्री बनाउन कार्यक्रम सहयोगी हुने क्यान महासंघका केन्द्रिय सदस्य तथा बागलुङका संस्थापक अर्जुन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung