२ श्रावण २०८३, शनिबार

 

लायन्स क्लबहरूको संयुक्त आयोजनामा बागलुङ कालिका मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम

बागलुङ । डिष्ट्रिक्टको वार्षिक कार्यक्रमअन्तर्गत जुलाई १८ मा मनाइएको ट्री प्लान्टेसन डे (Tree Plantation Day) को अवसरमा बागलुङ कालिका मन्दिर परिसरमा वृक्ष तथा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।

रिजन–३ अन्तर्गत लायन मिना काउचाको संयोजनमा रिजनभित्रका सम्पूर्ण लायन्स क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मन्दिर परिसरको हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणलाई टेवा पुग्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा तथा फूलका विरुवा रोपिएका हुन्।

कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्यहरू तथा अन्य सहभागीहरूले वृक्षारोपणले वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए।

आयोजकले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत सबैको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung